जण्डिस निको पार्ने भन्दै झाँक्रीले बिरामीको पेट चिरेपछि | Khabarhub Khabarhub

जण्डिस निको पार्ने भन्दै झाँक्रीले बिरामीको पेट चिरेपछि


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– तान्त्रिक विधिबाट कमलपित्तको उपचार गर्ने भन्दै एक जना लामा झाँक्री ले बिरामीको पेट चिरेपछि अवस्था गम्भीर बनेको छ ।

नीलकण्ठ नगरपालिका–३ का गजबहादुर लामाले नीलकण्ठ नगरपालिका–९ झगरेका ३९ वर्षीय राजु मगरको गत भदौ १५ गते उपचारका नाममा पेट चिरेको उनकी श्रमतीले बताइन् ।

धादिङको नीलकण्ठ नगरपालिका–३ का झाँक्रीले बिरामीको पेट चिरेपछि मगरलाई उपचारका लागि धादिङ जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । जिल्ला अस्पताल धादिङले अस्पतालमा उपचार सम्भवन नदेखेपछि उनलाई थप उपचारका लागि काठमाडौंको विर अस्पतालमा रिफर गरेको छ ।

करीब दुई महिनादेखि कमलपित्तले थलिएका उनलाई कमलपित्तसँगै झाँक्रीले चिरेको घाउसमेत पाकेपछि वीर अस्पतालमा पठाइएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

कलेजोको समस्यासमेत देखिएकाले थप उपचार आवश्यक भएको र सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था भएपछि काठमाडौं पठाइएको जिल्ला अस्पतालले जानकारी दिएको हो ।

कमलपित्तको भएपछि मगर झाँक्रीकामा उपचार गराउन गएका थिए । उपचारका क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै विकार तानेर निको पर्ने झाँक्रीले बताएका थिए । झाँक्रीले बिरामीको विकार तानेको भनेर बिरामीसँग रु आठ हजार ३८० रकम लिएर ब्लेडले देब्रेपट्टी पेटमा चिरेको बिरामीको श्रीमती विमलाले जानकारी दिइन् ।

मगर कमलपित्त चाँडै निको हुने आशामा झाँक्री कहाँ पुगेका थिए । ज्याला मजदूरी गरेर परिवार पाल्दै आएका मगर अहिले मृत्युसँग जुधिरहेका छन् ।

लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन् । उनका यसअघि पनि केही घटना विवादमा आएका थिए । तीन वर्षअघि पनि धादिङ मूलपानीकै एक महिलाको पेटमा रहेको पाँच महीनाको बच्चा उपचार गर्ने बहानामा फालिदिएको स्थानीय बताउँछन् ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोतिराम भट्टले  अहिले उजुरी परेकाले आवश्यक कारवाही गरिने बताएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ८ : २१ बजे

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्