जापानको टोकियो क्षेत्रमा विद्युत् सेवा अवरुद्ध, लाखौं मानिस प्रभावित | Khabarhub Khabarhub

जापानको टोकियो क्षेत्रमा विद्युत् सेवा अवरुद्ध, लाखौं मानिस प्रभावित


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको टोकियो नजिककैका झण्डै चार लाख २० हजार घरमा विद्युत् र पानी वितरण सेवा बन्द भएको छ । बुधबार बिहानैदेखि आएको तुफानले बिजुलीका पोलहरु ढाल्दा विद्युत् र पानी वितरण सेवा अवरुद्ध भएको विद्युत् कम्पनीले जनाएको छ ।

कान्टो क्षेत्रका चार लाख परिवार अझै पनि बिजुलीविहीन अवस्थामा रहेको अधिकारीहरुले बताएका छन् ।

छिमेकी कानाङ्वा प्रान्तमा जानीजानी विद्युत् सेवा काटेको बेला (ब्ल्याक आउट) जस्तो अनुभव भएको स्थानीयले बताएका छन् ।

चिबा, टोकियो र शिजुओका प्रान्तमा गर्मी बढेर औसतमा ३० डिग्री सेल्सियस पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस क्षेत्रका २४ हजार ९ सय घरहरुमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजेसम्म पानी नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विद्युत् सेवा नभएको बेला ‘लु’ लागेर दुई जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार मृत्यु हुनेमा ९३ वर्षीय एक जना महिला र ६५ वर्षीय पुरुष रहेका छन् ।

वातावरण ठीक नभएकै कारण उनीहरुको मृत्यु भएको हुनसक्ने धेरैको भनाइ छ । वृद्ध पुरुषको मृत्यु भएको बेला उनी भएको ठाउँमा ३५ डिग्री सेल्सियस तापक्रम थियो ।

स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका ६२ जना अस्पतालमा भर्ना भएको जनाएको छ । विद्युत् सेवा कटौतीका कारण ३७ जनालाई मात्रै उपचार सेवा उपलब्ध गराउन सकिएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ८ : ०२ बजे

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने