कास्कीमा ३ नाल भरुवा बन्दुकसहित ४ जना पक्राउ | Khabarhub Khabarhub

कास्कीमा ३ नाल भरुवा बन्दुकसहित ४ जना पक्राउ


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले कास्कीमा तीन थान भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । माछापुच्छ्रे गाउँपालिका–२ खम्राङ बस्ने ४८ वर्षीय बम बहादुर तामाङ लगायत ४ जनालाई विभिन्न हातहतियारसहित प्रहरीले बुधबार पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको घरमा राखेको ३ नाल भरुवा बन्दुक, केही मात्रामा बारुद र छर्रा, १३ थान लाईभ राउण्ड, सर्टगनको ३ थान लाइभ राउण्ड, प्रयोग गरिएको २७ थान सर्टगनको खोका, १ थान भरुवा बन्दुकको बट बरामद गरेको छ ।

त्यसैगरी प्रहरीले करिब ५ केजी सतुवा र २ थान भरुवा बन्दुकको नालसमेत बरामद गरेको जनाएको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : ३७ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी