इन्द्रजात्रा अवलोकनका लागि विश्वभरका १३ नगरपालिकाबाट ४५ जना पाहुना आउँदै | Khabarhub Khabarhub

इन्द्रजात्रा अवलोकनका लागि विश्वभरका १३ नगरपालिकाबाट ४५ जना पाहुना आउँदै



काठमाडौं– इन्द्रजात्रा अवलोकन गर्नका लागि काठमाडौं महानगरपालिकाले विश्वका विभिन्न नगरपालिका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको छ ।

इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउँन भन्दै काठमाडौं महानगरपालिकाले विभिन्न नगरपालिकाका मेयरसहित ४५ जनालाई आमन्त्रण गरेको छ ।

चीन, अमेरिका, भुटान, बंगलादेश र जापानका प्रमुख सहित ४५ जना पाहुना भोलि(विहीवार) आइपुग्ने र त्यसका लागि महानगरले सबै तयारी गरिसकेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

यस वर्षको इन्द्रजात्रा र नेपाल पर्यटन वर्षको पूर्वसन्ध्यामा काठमाडौं जीवन्त एवम अमूर्त सम्पदाको अन्तराष्ट्रिय क्षेत्रमा प्रचारप्रसारलगायतको काम महानगरले अघि बढाएको मेयर शाक्ले जानकारी दिए ।

मेयर शाक्यले पाहुनाहरुले ४ रात ५ दिन काठमाडौंमा बिताउने जानकारी दिए ।

नेपाल आइपुगेपछि आवास, खानपान र भ्रमण अवलोकनको व्यवस्था महानगरले मिलाउने भएको छ ।

‘अवलोकनमा आउने पाहुनालाई ललितपुर महानगरसँगको समन्वयमा पाटन दरबार स्क्वायर, भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर दरबार स्क्वायर र चन्द्रागिरी नगरको समन्वयनमा चन्द्रागिरी क्षेत्रका भ्रमण अवलोकन गराउने योजना बनाएका छौं’ पाहुना व्यवस्थापनका बिषयमा कुरा गर्दै मेयर शाक्यले भने, ‘त्यस्तै वडा नम्बर २३, १९, २० र २४ का वडा अध्यक्षको संयोजनमा हनुमानढोकाका चोक, गल्ली र वहाल घुमाउने तयारी भएको छ ।

त्यसैगरी काठमाडौं महानगरले स्वयम्भूस्थित म्युजियम र अन्य साँस्कृतिक सम्पदा देखाउने तयारी गरेको छ ।

यस्तो छ योजना

विहीवार काठमाडौं आइपुग्ने पाहुनालाई शुक्रवार हनुमान ढोका आसपास कुमारी रथयात्रा हुने तल्लो र माथिल्लो टोलको स्थलगत भ्रमण अवलोकन गराइनेछ भने मध्याह्न राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथ यात्राको अवलोकन गराइनेछ ।

भदौ २८ गते चन्द्रागिरी, छाउनीको प्राकृतिक संग्रहालय र स्वयम्भूको अवलोकन गर्ने योजना छ । त्यस्तै २९ गते आइतबार भक्तपुर र पाटन दरबार स्क्वायरको भ्रमण अवलोकन हुनेछ ।

त्यसै दिन साँझ बिदाइ समारोह आयोजना गरिनेछ । त्यस समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पनि सहभागी हुनुहुनेछ । त्यस बिदाइ समारोहमा इन्द्रजात्रासहित उपत्यकाका मौलिक जात्रा र पर्वको पर्यटकीय आकर्षण र नेपाल भ्रमण बर्ष २०२० मा नेपालकातर्फबाट महानगरका भगिनी सम्बन्ध भएका सहरहरुलाई सहभागिताका लागि निमन्त्रणा हुनेछ ।

‘अन्तरराष्ट्रिय जगतमा इन्द्रजात्राको मौलिक र दार्शनिक पक्षको उजागर गर्न मात्र होइन’ शाक्यले भने, ‘नगरबासीको सभ्यता चिनाउने कामका लागि पनि सबै मिलेर पर्वलाई सभ्य, भव्य र सुसंस्कृत बनाउनुपर्छ’ । नेवार समुदायको मात्र होइन, यो सबै नेपालीको राष्ट्रिय पर्व हो भन्ने भावना जागृत गराउनु पर्छ ।

कहाँ—कहाँबाट को को सहभागिता हुँदैछन् जात्रामा

यस बर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयरसहित ४५ जना पाहुना आउने निश्चित भएको छ ।

गएको ७ महिनादेखि इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगर प्रमुखहरुलाई निमन्त्रणा पठाउन थालिएको थियो । यसै निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अबलोकन टोली आउने पत्र प्राप्त भएको छ ।

त्यस्तै चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ । यसरी आउने पाहुनाको संख्या ४५ जना हुनेछ ।

यो पनि पढ्नुहोस्,

यस्तो छ इन्द्रजात्राको महिमा

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १२ : २२ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि