अलिबाबाका संस्थापक ज्याक माले दिए पदबाट राजीनामा | Khabarhub Khabarhub

अलिबाबाका संस्थापक ज्याक माले दिए पदबाट राजीनामा


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको दोश्रो ठूलो अनलाइन शपिङ कम्पनी अलिबाबाका अध्यक्ष एवं चीनका अर्बपति ज्याक माले कम्पनीको पदबाट राजीनामा दिएका छन् ।

५५ वर्षको उमेर पुगेपछि राजीनामा दिने यसअघिको घोषणा अनुसार ५५ औं जन्मदिनको अवसरमा माले मंगलबार कम्पनीको पदबाट राजीनामा दिएका हुन् । यद्यपि उनी अलिबाबा पार्टनरसिपको सदस्यका रुपमा भने कम्पनीमै रहनेछन् ।

विगतमा अंग्रेजी शिक्षक रहेका माले सन् १९९९ मा अलिबाबा इ–कमर्श अनलाइन सेवा शुरु गरेका थिए । शुरुमा यो कम्पनीले चिनियाँ निर्यातक र अमेरिकी खुद्रा व्यापारीलाई जोड्ने पुलको रुपमा काम गर्दथ्यो ।

चीनको बढ्दो उपभोक्ता बजारलाई शुरुका दिनमा केन्द्रित गरेपनि पछि यस कम्पनीले अनलाइन बैंकिङ, मनोरञ्जन र कम्प्युटिङका क्षेत्रमा लगानी बढाएको थियो ।

ज्याक माको स्थानमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डानियल झाङ नियुक्त हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ४० अर्ब अमेरिकी डलर सम्पत्ती रहेका मा चीनका सर्वाधिक धनाढ्य व्यक्ति हुन् ।

उनले अब आफ्नो बाँकी जीवन परोपकारको क्षेत्रमा व्यतित गर्ने बताइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : ४२ बजे

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा  विद्युत् सेवा विस्तार भएको

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित

सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू आज 

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको