एन्डोराविरुद्ध फ्रान्सको जीत, पेनाल्टीमा चुके ग्रिजम्यान | Khabarhub Khabarhub

एन्डोराविरुद्ध फ्रान्सको जीत, पेनाल्टीमा चुके ग्रिजम्यान


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूरो कप छनोट अन्तर्गत गएराति भएको खेलमा फ्रान्स विजयी भएको छ । एन्डोरालाई ३–० गोल अन्तरले हराउँदै फ्रान्सले जीत दर्ता गरेको हो ।

खेलमा फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यान पेनाल्टीमा चुके । उनी अघिल्लो खेलमा पेनाल्टीमै गोल गर्न चुकेका थिए । उनले फ्रान्सका पछिल्लो दुई पेनाल्टी खेर फालेका छन् ।

किंग्सले कोमनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । क्लेमेन्ट लेङ्लेटले ५२ औ मिनेटमा फ्रान्सको अग्रता दोब्बर पारेका थिए । विसम बेय येडरले खेलको ईन्जुरी समयमा गोल गर्दै फ्रान्सलाई ३-० को जित दिलाए ।

फ्रान्स ६ खेलबाट १५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको टर्कीको समेत समान १५ अंक छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : ०१ बजे

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं– मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका

उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु

संसद्‍मा बोल्न अनुमति माग्दै गृहमन्त्री रविले पठाए सभामुखलाई पत्र 

काठमाडौं–  संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई उपप्रधान तथा

बागमती प्रदेशमा वैशाख २८ देखि युवा सम्मेलन

मनहरी– बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना