बैंक खाता सक्रिय गरी अनुदान लिन प्राधिकरणको आह्वान | Khabarhub Khabarhub

बैंक खाता सक्रिय गरी अनुदान लिन प्राधिकरणको आह्वान


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरी खाता सक्रिय नगरेका भूकम्पबाट प्रभावित लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा जम्मा गरिएको तर खाता सक्रिय नगरेका कारण धेरै लाभग्राहीको रकम निष्क्रिय भएपछि तोकिएको बैंकमा सम्पर्क राख्न आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

खाता सक्रिय गरी जम्मा गरिएको रकम निकालेर निजी आवास पुनर्निर्माण शुरु गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको उनले बताए ।
‘समयमै खाता सक्रिय नगर्ने लाभग्राहीको खाता निष्क्रिय पारिनेछ’, उनले भने ।

हालसम्मको तथ्याङ्कअनुसार पहिलो किस्ता लिएका सात लाख ६७ हजार ६०८ मध्ये छ लाख दुई हजार ४४३ लाभग्राहीले घर निर्माण शुरु गरी दोस्रो किस्तासमेत लिइसकेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ९ : १० बजे

बझाङ उपनिर्वाचन : अग्रता बढाउँदै एमालेका भण्डारी, पच्छ्याउँदै कांग्रेसका सिंह

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

साताको पहिलो नेप्से १४ अंकले बढ्यो, अढाइ अर्ब बढी कारोबार

काठमाडौं- आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं– कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा

इलाम अपडेट : कांग्रेसका डम्बर खड्काको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक