हिन्दु समाजभित्र गोत्र के हो ? | Khabarhub Khabarhub

हिन्दु समाजभित्र गोत्र के हो ?


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आफ्नो गोत्रका विषयमा धेरैलाई थाहा नहुन सक्छ । बाबु–बाजेले भनेको सुनेका भरमा केहीले आफ्नो गोत्र यो हो भनेर थाहा हुन्छ । नेपाली समाजमा अधिकांशले हिन्धु धर्म मान्दै आएकाले पनि गोत्र महत्वपूर्ण छ ।

गोत्रका विषयमा जानिराख्दा धेरै कुराको फाइदा हुन्छ । जस्तो कि सहगोत्री (एउटै गोत्र) भएकासँग विहे गर्न मिल्छ कि मिल्दैन ? कुन गोत्रसँग मितेरी गाँस्ने, कुन-कुन गोत्र कुन जाति अन्तर्गत पर्दछन् ? आदि विषयमा जानकारी लिनु जरुरी हुन्छ ।

नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता (ई.पू.) विश्वको प्राचीन सिंधु-घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो । यो हडप्पा सभ्यता र सिंधु-सरस्वती सभ्यताका नामले पनि बुझिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन् । ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन् ।

उनीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछन् । त्यसैले उनीहरूका गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित रहेका छन् । गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार पनि हो । एकै जना बाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरूको बीच बिहावारी चल्दैन ।

हिन्दु समाजमा गोत्र शब्दले एक प्राचीन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ । जुन माथिबाट तल तिर क्रमशः अटुट रुपमा बढ्दै जान्छ । अर्थात एक पुरूषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ ।

यसरी एक व्याक्तिबाट आरम्भ भएको वंश परम्परा अन्तर्गतका सबै सन्ततीहरू त्यही मुख्य पर-बाजेका सन्तान र उनीहरूको उत्पत्तिको परिचयलाई जनाउँन उनै प्राचिन पर-बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ । हिन्दू समाजमा गोत्र शब्दले एक पुरुषको अनवरत वंश परम्परालाई जनाउँछ ।

एक मुल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो । अर्को शब्दमा भन्नुपर्दा गोत्र भन्नाले वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानकालागि आफ्नो नामलाई संकेत शब्दको रुपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको देखिन्छ ।

यसरी थालनी गरेको गोत्रलाई गोत्र पर्वर्तक ऋषिहरूका सन्तानहरूले आफ्नो कुल, वंशको पहिचानको आधार मान्ने गरेको देखिन्छ । यो प्रक्रिया हजारौं वर्षदेखि अनवरत रुपमा चल्दै आइरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ५ : ४१ बजे

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री