एन्फाले ल्यायो नयाँ नियम, खेलाडीको अभ्यास हेर्न नपाइने | Khabarhub Khabarhub

एन्फाले ल्यायो नयाँ नियम, खेलाडीको अभ्यास हेर्न नपाइने


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार एक नियम सार्वजनिक गर्यो । जसको चौतर्फि आलोचनासमेत भइरहेको छ । नियम थियो, राष्ट्रिय टोली पुरुष, महिला तथा उमेर समूहको अभ्यास चलिरहँदा मिडियाले अभ्यास स्थल लगायत क्षेत्रमा प्रवेश गर्न नपाउने । उक्त सूचनामा भनिएको छ मिडियाले अभ्यास सकिएको १५ मिनेट अगाडि र १५ मिनेट पछिमात्रै अभ्यास स्थलमा प्रवेश पाउने उल्लेख छ ।

यो नियम आइतबार बाटै लागु हुने एन्फाले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि राष्ट्रिय टोली र उमेर समूहको अभ्यासमा मिडियाहरुले अभ्यास स्थलसम्म सिधै प्रवेश पाउने गरेका थिए । त्यसले अभ्यासको तस्वीर लिनेदेखि विभिन्न भिडियो क्लिपसहित खेलमा भइरहेको प्रगतिको रिपोर्टिङ गर्न सहज थियो । तर, एन्फाले नयाँ नियम सार्वजनिक गरेसँगै अभ्यासरत खेलाडी बाहेक सबैलाई मैदान प्रवेशमा प्रतिबन्ध लाग्नेछ ।

खेलको अभ्यासमा भइरहेको प्रगतिका विषयमा जानकारी दिन किन एन्फा डराउँदैछ भन्ने प्रश्नसहित चौतर्फी रुपमा एन्फाले सार्वजनिक गरेको नियमको विरोध भइरहँदा एन्फाका प्रवक्ता किरण राईले राष्ट्रिय टोलीको अभ्यासलाई सुरक्षित र व्यवस्थित बनाउन यो नियम जारी गरेको बताउँछन् ।

यस्तो छ एन्फाले सार्वजनिक गरेको सूचना

‘हामीले अभ्यासका क्रममा मैदानमा प्रवेशमा रोक लगाएका छौं। नियमत अभ्यास खुल्ला रुपमा देखाउन पनि हुँदैन । टोलीको नयाँ रणनीतिक र तयारी पनि विपक्षी टिमलाई देखाउन मिल्दैन,’ प्रवक्ता राईले भने,‘जे विषयमा जानकारी लिनुपर्ने हो त्यसका लागि अभ्यासभन्दा १५ मिनेट अघि र अभ्यास सकिएको १५ मिनेटपछि आउनुपर्छ ।’

प्रवक्दा राईले एन्फा प्रवेशमा कडाइ गर्न नियम बनाएको भन्दै प्रवक्ता राईले रिपोर्टिङका लागि पनि सञ्चारमाध्यमले एन्फाको अनुमति लिनुपर्ने बताए । उनले भने, ‘एन्फाको गेट सधै खुला रहने हुँदा खेलाडीको सुरक्षालाई समेत ध्यान दिने योजनासहित यस्तो नियम बनाएका हौं । अभ्यासकै फोटोहरु चाहिए एन्फा मिडिया अथवा मलाई भन्नु होला हामी सहयोग गछौं।’

प्रवक्ता राईले एन्फा मिडियासँग नडराएको भन्दै नेपालको खेलको विकासका लागि व्यवस्थापनलाई मजबुद बनाउन गरिएको प्रयासलाई सहयोग गर्न पनि आग्रह गरेका छन् । आवश्यकता अनुसार मिडियासँग पनि एन्फाले छलफल गर्ने योजना बनाएको उनले सुनाए ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ४ : ४० बजे

भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’

टक्सार– सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका

पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा साढे २१ वर्षले थपियो नेपालीको आयु

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क र

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८