बिमा विनाको प्रतियोगिता हुँदैन : सिलवाल | Khabarhub Khabarhub

बिमा विनाको प्रतियोगिता हुँदैन : सिलवाल


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवालले अबदेखि बिमा विनाको प्रतियोगिता नहुने बताएका छन् ।

राखेप कर्मचारी संघले बिहीबार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य-सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य-सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य-सचिव सिलवालले सो कुरा बताएका हुन् ।

‘खेलाडी, प्रशिक्षक, अफिसियलको विमा नगरिएको प्रतियोगिता मान्य हुँदैन । चाहे त्यो राष्ट्रिय प्रतियोगिता होस् वा अन्य प्रतियोगिता । विमा गर्नै पर्छ ।’ सदस्य-सचिव सिलवालले भने ।

सदस्य-सचिव सिलवालले खेलकुदलाई विवादको थलो बनाउन खोज्ने कुतत्वलाई सबै मिलेर सामाजिक बाहिष्कार गर्नु पर्ने धारणा व्यक्त गर्दै विगतमा भएका राम्रा कामलाई निरन्तरता दिने बताए ।

उनले बाहिरबाट हायर गरिएको व्यक्तिले नभइ परिषद्कै कर्मचारी स्वयंले आफ्नो संस्थालाई मजबुत बनाउनु पर्ने बताउदै आफ्नो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ र अनुशासित हुने बताए ।

‘यहाँ धेरै कर्मचारीहरुसंग लामो समय काम गरेको अनुभव छ । हायर गरेको व्यक्तिले होइन तपाईंहरुले नै परिषद्लाई मजबुत बनाउने हो ।’ सदस्य-सचिव सिलवालले भने- ‘मेरो कार्यकाल यस्तो हुन्छ भनेर भन्दिन । तर मेरो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ, अनुशासित हुन्छ ।’

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आफ्नो सिंगो अनुभव खेलकुदको विकासमा प्रयोग गर्ने बताउदै वर्तमान सदस्य-सचिवलाई खेलकुदको हितका निम्ति पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

निवर्तमान सदस्य-सचिव विष्टले १३ औं दक्षिण एसियाली खेलकुद (साग) राष्ट्रकै प्रतिष्ठासंग जोडिएको विषय भएकाले समयमै हुनु पर्नेमा जोड दिदै यस विषयमा वर्तमान सदस्य-सचिव पनि सचेत रहेको बताए ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलकुदलाई माया गर्ने र खेलकुद बुझेको व्यक्तिलाई सदस्य-सचिव बनाएर पठाएकोमा नेपाल सरकारलाई धन्यवाद दिए । उनले निवर्तमान सदस्य-सचिव विष्टको कार्यकालमा पनि धेरै राम्रा कामहरु भएको बताए ।

राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले लामो समयदेखि रोकिएको कर्मचारीहरुको बढुवाका लागि वर्तमान सदस्य-सचिवलाई पहल गरिदिन आग्रह गर्दै करार कर्मचारीहरुलाई स्थायी गर्ने विषयमा पनि गम्भीर हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा कर्मचारी संघले निवर्तमान सदस्य-सचिव विष्टलाई खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ९ : ३२ बजे

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत