पाकिस्तानमा रेल दुर्घटना, १४ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा रेल दुर्घटना, १४ जनाको मृत्यु


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा दुई रेल एक आपसमा ठोक्किँदा १४ जनाको ज्यान गएको छ । पाकिस्तानको पञ्जाव प्रान्तस्थित सदिकावाद शहरनजिक भएको घटनामा अरु ७९ जना घाइते भएका छन् ।

पञ्जाल प्रान्तको राजधानी लाहौरबाट बलोचिस्तानको राजधानी शहर क्वेट्टातर्फ गइरहेको अकबर एक्सप्रेसको यात्रुवाहक रेल अर्को मालवाहक रेलसँग सदिकावादको वल्हार स्टेशनमा ठोक्किएको थियो । प्रहरीले दुर्घटनाका क्रममा अझै केही यात्रुहरु रेलको भग्नावशेषमा फसिरहेको र उनीहरुको उद्धार कार्यलाई अघि बढाइएको जनाएका छन् ।

हाल दुर्घटनाग्रस्त रेललाई लिकबाट हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मारिएकाहरुको परिवारलाई ५ लाख पाकिस्तानी रुपैयाँ दिइने घोषणा गरेका छन् ।

पाकिस्तानमा रेल दुर्घटना बेलाबखत भइरहन्छन् । भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौंदेखि पाकिस्तानी रेलसेवा रुग्ण अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ६ : ०४ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश