वैदेशिक रोजगारीमा रहेका श्रमिकले खाता खोल्न मिल्ने | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा रहेका श्रमिकले खाता खोल्न मिल्ने


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एसिया बैंकले वैदेशिक रोजगारीमा भएका तथा जान चाहनेहरुलाई मध्येनजर गर्दै चमत्कारिक बैदेशिक रोजगार बचत खाताको सुरुवात गरेको छ ।
बैंकले बैदेशिक रोजगारीमा जाने युवाहरुले आफूले बिदेशी भूमिमा दुस्ख गरि कमाएको पैसा बचत होस् भन्ने हेतुले उक्त खाताको सुरुवात गरेको जनाएको छ । यो खाता खोलेर विदेश जाने युवाले बैंकमार्फत १० लाखसम्मको बिमा सुविधा पनि पाउने हुँदा यो खातामा विदेश जाने युवाहरु आकर्षित भएका छन् ।
बैंकका अनुसार यो खाता एनआईसी एसियाका जुनसुकै शाखाबाट पनि खोल्न सकिनेछ । विदेश जाने युवाहरुले आफ्नो घर चलाउने निश्चित रकम घरमा पठाएर बाँकी रहेको पैसा आफ्नै खातामा जम्मा गरुन् भन्ने हेतुले यस्तो खाता सुरुवात गरिएको बैंकले जनाएको छ । विदेश जाने युवाहरुले यस्तो खाता सहज रुपमा खोलुन् भन्ने हेतुले एनआईसी एसिया बैंकले सिनामंगल र सामाखुसी क्षेत्रमा दर्जन बढी कर्मचारी परिचालन गरेको छ ।
खटिएका कर्मचारीहरुले बैदेशिक रोजगारीमा जाने क्रममा रहेका युवाहरुलाई प्रत्यक्ष भेटेर उनीहरुलाई खाता खोल्न प्रोत्साहन गर्ने गरेका छन् ।
यही क्रममा बैंकबाट खटिएका एक कर्मचारीहरुले बताए अनुसार विदेश जाने तयारीमा रहेका अधिकांश युवाहरुले यस्तो खाता खोल्न उत्साहित भएको बताए ।
उनका अनुसार बैंकले यो खाताको स्किम ल्याएसँगै म्यानपावर कम्पनीहरु धेरै भएका क्षेत्रहरु बिशेष गरि गोंगबु तथा सिनामंगल क्षेत्रका एनआईसी एसिया बैंकका शाखाहरुमा बैदेशिक रोजगारमा जानेहरुले दैनिक यस्तो खाता खोल्न थालेका छन् ।

 

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ३ : १७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र