चीनलाई सूचना चुहाएको आरोपमा पूर्वअमेरिकी राजदूतलाई जेल सजाय | Khabarhub Khabarhub

चीनलाई सूचना चुहाएको आरोपमा पूर्वअमेरिकी राजदूतलाई जेल सजाय


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकाले चीनलाई सूचना दिने व्यक्तिलाई कारबाही गर्न थालेको छ । चीनबाट पैसा लिएर अमेरिकी सूचना चीन पुर्‍याएको आरोपमा सजाय पाउने कूटनीतिक क्षेत्रमा काम गर्नेहरु पनि परेका छन् ।

यस्तै सजाय पाउने अधिकारी हुन ६३ वर्षका कन्डान्स म्यारी क्लाइबोर्न । उनले आफू माथि लागेको आरोप स्वीकार गरेको अमेरिकी कानुन मन्त्रालयले जनाएको छ । आरोप स्वीकारेका उनलाई ४० महिना जेल र ४० हजार अमेरिकी डलर जरिवाना सुनाइएको छ ।

उनले चिनियाँ गुप्तचर विभागबाट पैसा लिने गरेको र त्यसबापत अमेरिकी दस्तावेज चीनलाई दिने गरेको आरोप लागेको थियो । क्लाइबोर्नलाई २ वर्षअघि एक छानबिनका क्रममा पक्राउ गरिएको थियो । शुरुमा उनीमाथि जासुसी गरेको आरोप नभए पनि अनुसन्धानका क्रममा उक्त खुलासा भएको हो ।

उनले सन् २०१९ को अप्रिलमा अमेरिकालाई धोका दिएको, विदेशी गुप्तचर संस्थासँग रकम लिएको लगायतका अपराध गरेको स्वीकार गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १० : ०९ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम