पूर्वप्रधानन्यायाधीशविरुद्ध नै मुद्धा दायर | Khabarhub Khabarhub

पूर्वप्रधानन्यायाधीशविरुद्ध नै मुद्धा दायर


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाली अभियोजनकर्ताले पूर्व प्रधानन्यायाधीशले शक्तिको दुरुपयोग गरेको तथा बेइमानी गरी आफ्ना फैसला सुनाउने गरेको अभियोगमा अभियोग दर्ता गरेका छन् ।

सन् २०११ देखि सन् २०१७ सम्म प्रधानन्यायाधीश रहेका याङ सुन ताएले त्यसबीच गरेका फैसलामा गम्भीर अनियमितता भएको भन्दै उनीविरुद्ध ४७ अभियोगमा मुद्धा दर्ता गरिएको दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले जनाएको छ ।

उनीमाथि दोश्रो विश्वयुद्ध ताका कोरिया जापानको अधिनमा रहँदा जापानी कम्पनीले प्रयोग गरेको बधुँवा मजदुरका विषयमा अनियमितता गरी फैसला सुनाएको अभियोग लागेको छ । त्यस्तै उनले पूर्व राष्ट्रपति पार्क गुन हेइको सरकारलाई फाइदा पुग्नेगरी केही विवादास्पद फैसलामा ढिलाई गरेको पनि अभियोग पत्रमा उल्लोख भएको योन्हापले जनाएको छ ।

प्रहरीले उनलाई गत महिना गिरफ्तार गरेको थियो । यससँगै याङ दक्षिण कोरियामा आफ्नो फैसलाका विषयलाई लिएर मुद्धा दायर खेप्ने पहिलो पूर्वप्रधानन्यायाधीश बनेका छन् । उनको मुद्धाका विषयमा हुने सुनुवाईको मिति भने तोकिएको छैन ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ९ : ३० बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ