५७ विधेयक पारित | Khabarhub Khabarhub

५७ विधेयक पारित


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कानून, न्याय तथा मानव अधिकार समितिले केही नेपाली ऐन संशोधन गर्न बनेका ५७ विधेयक सर्वसम्मत पारित गरेको छ ।

समितिको सोमबार बसेको बैठकले सो विधेयकहरुमा दफावार छलफल गरी सर्वसम्मत रुपमा पारित गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए। समितिले केही नेपाल ऐन संशोधनअन्तर्गतका नेपालका संविधान अनुकूल बनाउनुपर्ने कानून आगामी फागुन २० गतेभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सो विधेयकहरु छलफल गरेर पारित गरेको हो ।

समितिले यसअघि संविधान अनुकूल बनाउनुपर्ने १०५ विधेयक पारित गरिसकेको छ भने आज ५७ वटा विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो । कानून निर्माण गर्नुपर्ने सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई बेलाएर समितिले दफावार छलफल गरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : ५८ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको