लखनउमा प्रियंका गान्धीको विशाल र्‍याली | Khabarhub Khabarhub

लखनउमा प्रियंका गान्धीको विशाल र्‍याली


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय काँग्रेस पार्टीकी नवनियुक्त महासचिव प्रियंका गान्धी आफ्ना दाजु राहुल गान्धीका साथ सोमबार उत्तर प्रदेशको राजधानी लखनउमा विशाल र्‍यालीमा सहभागी भएकी छिन् ।

पूर्वी उत्तर प्रदेशको जिम्मेवारीसहित अघिल्लो महिना पार्टीले प्रियंका गान्धीलाई महासचिव बनाएपछिको उनको यो पहिलो राजनीतिक र्‍याली हो । यो र्‍यालीलाई मूलधारको राजनीतिमा उनको डेब्युका रुपमा लिइएको छ ।

१५ किलोमिटर लामो र्‍यालीमा काँग्रेस समर्थक लाखौँ मानिसहरु सहभागि रहेको छन् । र्‍यालीमा सहभागीहरुले उनको नामको नारा लगाएका थिए ।

आगामी मे महिनाभित्र हुने आम निर्वाचनको तयारीका लागि र्‍यालीको आयोजना गरिएको हो । मूलधारको राजनीतिमा प्रियंका गान्धीको आगमनले उत्तर प्रदेशमा काँग्रेस समर्थक माझ उत्साह ह्वात्तै बढेको बताइन्छ ।

उनी तीन दिनसम्म उत्तर प्रदेशमै रहने बताइएको छ । सत्तारुढ भारतीय जनता पार्टी बीजेपीको गढ मानिने उत्तर प्रदेशमा प्रियंका गान्धीलाई चुनावमा काँग्रेसलाई जिताउन उति सजिलो नभएको विश्लेषकहरु बताउँछन् ।

बिजेपीले अघिल्लो आम निर्वाचनमा राज्यको ८० मध्ये ७३ सिट जितेको थियो भने काँग्रेस केबल २ सिटमा सिमित बनेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : ३२ बजे

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,