राष्ट्रिय सुरक्षामाथि असर नपर्ने गरी परिचय पत्रको व्यवस्था गर्न माग | Khabarhub Khabarhub

राष्ट्रिय सुरक्षामाथि असर नपर्ने गरी परिचय पत्रको व्यवस्था गर्न माग


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले राष्ट्रिय सुरक्षामाथि प्रतिकूल असर नपर्ने गरी राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नागरिकको गोपनियताको हक र राष्ट्रिय सुरक्षा प्रतिकूल नहुने गरी राष्ट्रिय परिचय पत्र वितरणको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

सरकारले हाल पाँचथर र सिंहदरबारबाट राष्ट्रिय परिचय पत्र वितरणको काम शुरु गरेको छ । त्यसो गर्दा व्यक्तिको गोपनियताको हक र राष्ट्रिय सुरक्षामाथि खलल् आउन नदिन सरकारलाई सचेत रहन पनि सांसद बडुले आग्रह गरे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपट रावलले राष्ट्रिय परिचय पत्र छपाईको काम देश बाहिर नगर्न पनि सरकारलाई सचेत गराए । देश र नागरिकको सुरक्षासँग सम्बन्धित राष्ट्रिय परिचय पत्र जस्तो संवेदनशील विषय राष्ट्रिय परिचय पत्र छपाईको काम देश बाहिर गर्न नहुने उनको भनाइ थियो । सांसद रावलले राष्ट्रिय परिचय पत्र वितरणको काममा सरकारलाई हतार नगर्न पनि गम्भिर ध्यानाकर्षण गराए ।

सांसद रावलले मुलुकको सूचना बाह्य मुलुकमा पु¥याउने काम हुन नदिने गरी राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धि कानून निर्माण गर्न पनि सरकारसँग माग गरे । बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृह सचिव प्रेमकुमार राईले नागरिकहरुलाई बहुउपयोगी हुने गरी राष्ट्रिय परिचय पत्र वितरणको काम शुरु गरिएको बताए । उनले सरकारले हाल पाँचथर र सिंहदरबारबाट शुरु गरेको राष्ट्रिय परिचय पत्र वितरणको काम देशभर संचालन गर्न लागिएको जानकारी पनि समितिलाई गराए ।

समितिले राष्ट्रिय परिचय पत्र वितरणको कामलाई व्यवस्थित बनाउन त्यसको मोडालिटीमा पनि आवश्यक छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने तयारी पनि गरेको छ । समितिकी सभापति शशी श्रेष्ठले राष्ट्रिय परिचय पत्र वितरणको विषय मुलुकको सुरक्षासँग सम्बन्धित विषय भएकाले यस सम्बन्धमा विस्तृत छलफल गरी सरकारलाई आवश्यक सुझाव दिने तयारी गरिएको पनि बताइन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : ३३ बजे

इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ

धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को