माेरङ- लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बिराटनगरको टोलीले लागुऔषधसहित ४ जनालई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीको टोलीले लागुऔषध नाइट्राजेपाम तीन हजार ट्याब्लेटसहित दुई जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीका सुरेश माझी, सप्तरीका विसुन प्रताप साह रहेका छन् ।
उनीहरुलाई बिराटनगरको माइस्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी तेह्रथुमका राम गुरुङ्ग, तेह्रथुमकै पुष्पबहादुर खड्कालाई डाईजेल्याव-१८, फेनारगन- १८, लुपिजेसिक-१८, एभिल-६ गरी जम्मा ६० एम्पुल र नाईट्रोसन र स्पास्मो प्रोक्सिभन २८ ट्याब्लेट सहित पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोरङ्गमा बुझाइएको छ।
प्रतिक्रिया