सामाजिक सञ्जालमा माग्ने बूढा: राजनीतिक व्यङ्ग्यदेखि ‘हल्का रमाइलो’ सम्म | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा माग्ने बूढा: राजनीतिक व्यङ्ग्यदेखि ‘हल्का रमाइलो’ सम्म


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार केदार घिमिरेलाई धेरैले माग्ने बूढाकै रुपमा चिन्छन् । उनको वास्तविक नाम धेरैलाई थाहा नहुन सक्छ । सामाजिक सञ्जालमा भने उनी केदार प्रसाद घिमिरेका नाममा सक्रिय छन् ।

हास्यटेलिश्रृंखला मेरी बास्सैले चिनाएको चरित्र अहिले पनि उत्तिकै लोकप्रिय छ । तर, केदारले यो श्रङ्खलामा अभिनय गर्न छोडेको धेरै भइसकेको छ ।

लामो समय डिप्रेसनमा समेत परेका माग्ने बूढा अहिले भने सामान्य अवस्थामै फर्केका छन् । अहिले माग्ने बूढाले सामाजिक सञ्जालमा नियमित पोस्ट गरिरहेका हुन्छन् ।

सामाजिक सञ्जालमा माग्ने बूढाले प्रायः राजनीतिप्रति कटाक्ष हानिरहेका हुन्छन् भने कहिलेकाहीँ उनले फिल्म क्षेत्रका बेथितिमाथि स्टाटस लेखिरहेका हुन्छन् ।

उनले फेसबूकमा रमाइलो खालका पोस्ट पनि गरिरहेका हुन्छन् ।

साथै उनले एक पोस्टमा धुर्मुस र सुन्तलीले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिेकट रंगशालालाई पनि साथ दिएको लेखेका छन् ।

माग्ने बूढा पछिल्लो समय कमेडीमा जमेका त छन् तर उनी पछिल्लो समय फिल्म र युट्युबमा व्यस्त देखिन्छन् । पछिल्लो समय उनी फिल्म ‘रामकहानी’ मा देखिएका थिए । उनी प्रायः दीपकराज गिरीको टिममै रहेर संयुक्त फिल्म गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १ : १४ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन