भूस्वर्गका रुपमा चिचिने खप्तडमा ग‌ंगा दशहरा मेला शुरु | Khabarhub Khabarhub

भूस्वर्गका रुपमा चिचिने खप्तडमा ग‌ंगा दशहरा मेला शुरु


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिलगढी– भूस्वर्गका रुपमा चिचिने सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा गंगा दशहरा मेला शुरु भएको छ । प्रत्येक वर्षको जेठ महिनामा खप्तडामा गंगा दशहरा मेला लाग्ने गर्छ ।

मेला भर्नका लागि स्वेदश तथा विदेशबाट हजारौं तीर्थालु तथा पर्यटकहरु खप्तड पुग्ने गर्छन् । खप्तडमा मंगलबार राति विशेष मेला लाग्ने जनाइएको छ । खप्तड मेलाअन्तर्गत मंगलबार राति देउडा खेल्ने तथा बुधबार विहान पूजाआजा हुने छ ।

दशहरा मेलाको अवसर पारेर डोटी उद्योग वाणिज्य संघले यस वर्ष पनि पुरुष भलिबल प्रतियोगिता, घोडा दौड र देउडा प्रतियोगिता पनि आयोजना गरेको छ ।

गंगा दशहरा मेलाका दिन खप्तडको त्रिवेणी धाममा नुहाउँदा पाप नाश हुने विश्वास गरिन्छ । यस्तै, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने भन्ने विश्वासका कारण यो मेलाको समयमा वृद्धवृद्धादेखि बालबालिकालगायत अन्य युवाहरुको पनि बढी भीड लाग्ने गर्छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  २ : ०३ बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी