कतार विश्वकप रंगशाला निर्माणमा खटिएका १४ सय नेपालीले ज्यान गुमाए | Khabarhub Khabarhub

कतार विश्वकप रंगशाला निर्माणमा खटिएका १४ सय नेपालीले ज्यान गुमाए


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि कतारमा रंगशालमा निर्माणका क्रममा खटिएका १४ सय नेपालीले जान गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।

कतार रंगशाला निर्माणका क्रममा ९ वर्षको अवधिमा १४ सय नेपाली कामदारको मृत्यु भएको जर्मनीको एक टेलिभिजनले खुलासा गरेको हो ।  जर्मनीको डब्लुडिआर टेलिभिजनले ‘ट्रयाप्ड इन कतार’ नामक उक्त अनुसन्धानात्मक डकुमेन्ट्रीमार्फत धेरै संख्यामा नेपाली कामदारको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको अरब न्युजले उल्लेख गरेको छ ।

डकुमेट्रीका अनुसार निर्माणको क्रममा हुने दुर्घटनाका क्रममा प्रत्येक वर्ष १ सय ५० जनाको ज्यान जाने गरेको छ । मृत्यु भएका नेपालीका परिवारले कुनै क्षतिपुर्ति समेत नपाएको उल्लेख गरिएको छ ।  डकुमेन्ट्रीमा कामदारहरुले स्टेडियम निर्माणका क्रममा भोगका दुःख हरु समावेश गरिएको छ ।

त्यसैगरी कतारमा रहेका नेपाली कामदारहरुसँगको संवाद पनि देखाइएको छ । भिडियोमा नेपालीहरुले आफूहरुलाई न्युनतम ज्याला समेत नदिइएको बताएका छन् ।

सन् २०१० डिसेम्बर २ तारिखका दिन कतारमा विश्वकप आयोजना हुने घोषणा भएसँगै कतारले भौतिक पूर्वाधार निर्माणका लागि कतारले विश्वका हजारौँ कामदार आफ्नो देशमा मगायो। नेपालबाट पनि हजारौँ कामदार त्यहाँ पुगेका हुन् ।

कतारको गर्मी र बासस्थानको अवस्थाले धेरैको ज्यान जाने गरेको छ । ज्यान गुमाउनेमध्ये केहीको काम गर्दा गर्दै त कोही सुतेकै अवस्थामा प्राण त्याग्छन् ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ९ : ०३ बजे

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल