केन्द्रीय नेताका लागि जागरण अभियान आवश्यक छ– गगन | Khabarhub Khabarhub

केन्द्रीय नेताका लागि जागरण अभियान आवश्यक छ– गगन


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाली कांग्रेसका नेता गगन थापाले जागरण अभियान तल्लो तहमा मात्र नभइ माथिल्लो तहसम्म आवश्यक रहेको बताएका छन् ।

दाङ दङ्गीशरण गाउँपालिका वडा नं ६ को श्रीगाउँमा प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले पार्टीले अहिले तल्लोस्तरको पार्टीलाई जागरण दिन अभियान सञ्चालन गरिरहेको भन्दै यो अभियान केन्द्रीयस्तरका नेताहरुका लागि आवश्यक रहेको बताए ।

“अहिले जिल्ला तहमा जागरण अभियान चलिरहेको छ, तर त्यो जागरण अभियान माथिसम्म पुग्नुपर्छ”, नेता थापाले भने, “माथिल्लो तहका नेतामा पनि जागरण आएन भने पार्टी सुधार हुन सक्दैन ।”

पार्टीभित्रको बिमेललाई मिलाएर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने नेता थापाको भनाइ छ ।

पार्टीमा व्याप्त गुट–उपगुटले गर्दा पछाडि परेको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेको थापाको भनाइ थियो । उनले केन्द्रीय नेताले नभइ तल्लो तहका कार्यकर्ताले कांग्रेसलाई जोगाएको उल्लेख गरे ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : ३३ बजे

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न