त्रिपोलीमा भिडन्त, ज्यान गुमाउनेको संख्या ५६ पुग्यो | Khabarhub Khabarhub

त्रिपोलीमा भिडन्त, ज्यान गुमाउनेको संख्या ५६ पुग्यो


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली– लिबियाको राजधानी त्रिपोलीमा भीडन्त हुँदा ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । हाल राजधानी त्रिपोली कब्जा गर्ने सैनिक अभियान अन्तर्गत अघि बढिरहेको खलिफा हफ्तारको नेतृत्वमा रहेको लिबियाली सेना र अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारप्रति वफादार सेनाबीच भीडन्त भएको बताइएको छ ।

भीडन्तमा अरु दर्जनौं घाइते भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनका अनुसार त्रिपोली शहरमा मारिनेमा दुई डाक्टर र एकजना एम्बुलेन्सका चालक समेत रहेको जनाइएको छ ।

त्यसबाहेक मारिनेहरुमध्ये लडाकु र सर्वसाधारणको सङ्ख्याबारे भने स्पष्ट खुलाइएको छैन । हालै सार्वजनिक समाचारमा खलिफा हफ्तारको नेतृत्वमा रहेको लिबियाली सेना हाल त्रिपोलीको मध्य भागबाट केबल ११ किलोटिरको दुरीमा रहेको र त्रिपोली शहरतर्फ तीब्र आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ९ : २० बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी