बेरोजगार फाराम भर्नेको भीड | Khabarhub Khabarhub

बेरोजगार फाराम भर्नेको भीड


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– सरकारले बेरोजगारलाई रोजगार बनाउने कार्यक्रमअन्तर्गत जुम्लाका केही स्थानीय तहले फारम भर्ने काम तीव्र गतिमा शुरु गरेका छन् । तातोपानी गाउँपालिकामा एक हजार २०० भन्दा बढी बेरोजगार व्यक्तिले रोजगारी पाऊँ भनी फारम भरेका छन् ।

सरकारले हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरी पहिलो चरणमा इच्छुक बेरोजगार व्यक्तिले रोजगारीका लागि फाराम भरिरहेका छन् । तातोपानीले हरेक वडा कार्यालयमा गई बेरोजगार फाराम भर्ने अभियना तीव्र पारिएको रोजगार संयोजक सरिता शर्माले जानकारी दिए ।

उनका अनुसार बेरोजगारी फारम भर्नेमा बढी साक्षर व्यक्ति आएका छन् । धेरै पढेलेखेका नभई केही मात्रै पढेकाहरुले बढी फारम भर्ने चासो गरेका उनले बताए । यसैगरी गाउँपालिकाले हरेक वडामा गएर छलफल तथा अन्तत्र्रिmया नै गरेर फाराम भर्न शुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । सो कामका लागि चाँडै कार्यान्वयन गर्न रोजगार संयोजकलाई वडास्तरमै समेत खटाइएको उनको भनाइ छ ।

यसैगरी जिल्लाको गुठीचौर गाउँपालिकाले पनि बेरोजगार तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पु¥याएको छ । त्यहाँ ९० प्रतिशत कार्य सकिएको प्रमुख प्रशासकीय अधिकृत केशव शर्माले जानकारी दिए। उनका अनुसार गुठीचौैरमा दुई हजारभन्दा बढीले बेरोजगार फाराम भरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ५ : ०२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड