सुहाना र मलिकाले दर्शकको मन जित्लान् ? | Khabarhub Khabarhub

सुहाना र मलिकाले दर्शकको मन जित्लान् ?


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोलि शुक्रबारदेखि दुई फिल्म ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ रिलिज हुँदैछन् । दुवै फिल्मले दर्शकमाझ एक किसिमको क्रेज बनाउन सफल भएका छन् । फिल्मका कारण युवापुस्तामाझ लोकप्रिय दुई अभिनेता अनमोल केसी र सलिनमान बनियाको राम्रो चर्चा छ ।

अर्कातिर दुई फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका डेब्यु नायिका सुहाना थापा र मलिका महतको पनि चर्चा छ । दर्शकमाझ रिलिजअघि राम्रो छाप छोडेका छन् । यी दुवै नायिकाका लागि दुवै डेब्यु फिल्म हुन् । तर, के यी दुई क्युट गर्लले फिल्म क्षेत्रमा आफ्नो छाप छाड्लान् ?धेरैलाई लागिरहेको छ ।

सुहाना थापा

झरना थापाकी छोरी सुहाना थापाले आफ्नै होम प्रोडक्सनको फिल्मबाट डेब्यु गर्दैछिन् । यो फिल्म सुहानाका लागि विशेष फिल्म पनि हो ।
इन्स्टाग्राममा तस्वीरहरु अपलोड गर्ने मलिकाको ‘क्युटनेस’को फिल्म क्षेत्रमा चर्चा भइरहेको छ । अभिनय कस्तो गरेकी छिन्, त्यसअनुसार मलिकाको करिअर फिल्म क्षेत्रमा बन्दै जाने पक्का छ । सानैदेखि फिल्म अभिनयप्रति झुकाव राख्ने मलिकालाई यो फिल्मबाट अपेक्षा भने ठूलै छ ।

ट्रेलर र गीतबाट राम्रै प्रतिक्रिया पाएका यी दुई नायिकाले फिल्ममा आफूहरुले राम्रो अभिनय गरेको बताउँदै आइरहेका छन् । अब अभिनय कस्तो गरेका छन्, र अगाडिको फिल्मी करिअर कस्तो बन्दै जाला भन्ने त दर्शकले नै निर्णय गर्ने कुरा हो । दुवै फिल्मको दर्शकमा भने राम्रै अपेक्षा छ ।

मलिका महत ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ४ : १५ बजे

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा