इस्लामिक स्टेटको अन्तिम गढमा सैनिक आक्रमण | Khabarhub Khabarhub

इस्लामिक स्टेटको अन्तिम गढमा सैनिक आक्रमण


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरिया– अमेरिका समर्थित कुर्दिस लडाकु समूहको नेतृत्वमा रहेको फौजले पूर्वी सिरियाको बाघुज शहरनजिक रहेको आतंकवादी संगठन इस्लामिक स्टेटको अन्तिम गढमा आक्रमण थालेका छन् ।

इस्लामिक स्टेटको अन्तिम गढ फिर्ता गर्न सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफका लडाकुले सैनिक आक्रमण शुरु गरेको एसडीएफका प्रवक्ता मुस्तफा बालीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

आक्रमण शुरु भएलगत्तै इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा लडाकुलाई लक्षित गरी अमेरिका नेतृत्वको गठबन्धनले व्यापक हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि एसडीएफले इस्लामिक स्टेट विरुद्ध सैनिक कारवाही गर्दै आएको भएपनि इस्लामिक स्टेटको गढबाट हजारौँ सर्वसाधारण भागेर आउन थालेपछि सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै आक्रमण रोकिएको थियो । तर, सर्वसाधारण भागेर आउने क्रम रोकिएपछि सैनिक आक्रमणलाई निरन्तरता दिइएको एसडीएफ प्रवक्ता बालीले जनाएका छन् ।

सर्वसाधारण भागेर आउने क्रम रोकिएको तथा सैनिक निरिक्षण गर्दा इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा सर्वसाधारणको गतिविधि नदेखिएकाले वृहदस्तरको सैनिक आक्रमण गरिएको एसडीएफले जनाएको छ ।
इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा अझै पनि ठूलो सङ्ख्यामा युद्धका अनुभवी लडाकुहरु रहेको तथा उनीहरु अन्त्यसम्म लड्न तयार रहेकाले युद्ध जित्न केही समय लाग्ने एसडीएफले जनाएको छ ।
त्यस्तै, पछिल्लो केही सातायता बाघुज शहरबाट भागेर अधिकांश विदेशीसहित ४ हजारभन्दा धेरै इस्लामिक स्टेटका लडाकुले आत्मसमर्पण गरेको बताइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : ०७ बजे

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका