फेरि रुघाखोकीको विश्वव्यापी महामारी आउनसक्छ: डब्लूएचओ | Khabarhub Khabarhub

फेरि रुघाखोकीको विश्वव्यापी महामारी आउनसक्छ: डब्लूएचओ


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वमा फेरि संक्रमक रुघाखोकीको महामारी आउनसक्ने चेतावनी दिएको छ । डब्लूएचओका महानिर्देशक टेड्रोस अदानोम गेब्रेयेयुसले विज्ञप्ति जारी गर्दै संक्रमक रुघाखोकीको विश्वव्यापी महामारी आउनसक्ने र त्यसका लागि तयार रहनुपर्ने जनाएका हुन् ।

उनले विश्वव्यापी रुघाखोकीको संक्रमण कुनै पनि बेला महामारीको रुपमा देखापर्न सक्ने र यसले विश्वका ठूलो सङ्ख्यामा मानिसहरु प्रभावित हुनसक्ने चेतावनी समेत दिएका हुन् ।

यसबाट बच्न संक्रमणको जोखिममा रहने मानिसहरु विशेषगरी बृद्ध, शिशु तथा दीर्घरोगीलाई खोप दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो संक्रमण सन् २००९–२०१० मा एचवानएनवान भाइरसको संक्रमण आएको थियो । एक अध्ययनका अनुसार त्यस संक्रमणको शुरुको वर्षमा विश्वका २० प्रतिशत मानिसहरु सक्रमित भएका थिए ।

विश्वभरका स्वास्थ्य विशेषज्ञ तथा विश्व स्वास्थ्य संगठन डब्लूएचओले बेलाबेला जनावरबाट मानिसमा त्योभन्दा खतरनाक भाइरसको विश्वव्यापी संक्रमण आउनसक्ने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ८ : ३८ बजे

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई