दोहोरो अंकले बड्यो शेयर बजार | Khabarhub Khabarhub

दोहोरो अंकले बड्यो शेयर बजार


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार प्राविधिक समस्या आएपछि कारोबारमा समस्या आएकाे शेयर बजार सोमबार भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४.२८ अंकले बढेर ११४२.९३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ अंकले बढेर २४३.२६ विन्दुमा पुगेको छ ।

कूल १ सय ७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर खरिद भएकाे शेयर बजारमा साेमबार ४० करोड २८ लाख ४० हजार २ सय १३ रुपैयाँकाे काराेबार भयाे ।

कारोबार भएका कूल ११ उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । सो उपसमूह १.६२ अंकले घटेको हो । यस्तै बैंकिङ १७.१८, व्यापार २.७, होटल १२.१४, विकास बैंक १०.१७, जलविद्युत् २७.९७, वित्त २.५७, निर्जीवन बीमा ७९.७२, उत्पादन ३.९६, लघुवित्त १४.२३ र जीवन बीमा ६.३६ अ‌ंकले बढेको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ८९ लाख ८६ हजार ६६, एनआइसी एशिया बैंक २ करोड २१ लाख २१ हजार ४९२, प्रभु बैंक लिमिटेड २ करोड १७ लाख ५७ हजार ८२७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको १ करोड ८२ लाख ६७ हजार २३६ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीकाे १ करोड ७१ लाख ५९ हजार ९५५ रुपैयाँ बराबरकाे शेयर खरिद बिक्री भयो ।

स्टकका अनुसार ङादी ग्रूपका शेयरधनीले ८.७७, कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले ७.८४, नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले ६.१५, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९३, अपि पावर कम्पनीका शेयरधनीले ५.३६ प्रतिशतले कमाएका छन् । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ३.६६, सपोर्ट माइक्रोफाइनान्स कम्पनी ३.४३, हाथवे फाइनान्स कम्पनी ३.२, बरुण हाइड्रो पावर कम्पनीका शेयरधनीले ३.१२ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ५ : ०९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर