कुष्ठरोगको उपचार नहुँदा अपाङ्ग बन्दै रोगी | Khabarhub Khabarhub

कुष्ठरोगको उपचार नहुँदा अपाङ्ग बन्दै रोगी


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– कुष्ठरोगप्रतिको गलत दृष्टिकोणका कारण ढिलो उपचार हुँदा यो रोग लागेका बिरामी अङ्गभङ्ग भइरहेका छन् ।

समयमै उपचार गर्दा शरीरको कुनै पनि भाग नबिग्रने भए पनि उपचारका लागि बिरामी ढिलो अस्पताल पुग्दा बिरामी अङ्गभङ्ग हुने आनन्दवन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताए । यो रोगको उपचारमा ढिलाइ गर्दा हातखुट्टामा लाटोपना (स्पर्श शक्ति नहुने) र औँला कमजोर र बाङ्गो हुन थाल्ने उनले बताए ।

“यो रोगको कीटाणु प्रवेश गरेपछि शुरुआती चरणमा दाग देखिने, हातखुट्टा झमझमाउनेलगायतका लक्षण देखिन्छ”, उनले भने, “रोगको शुरुआती चरणमा उपचार नथालेपछि पोलेको वा किला बिझेको समेत थाहा नपाउने हुँदै विस्तारै बिरामी हातले केही समाउनै नसक्ने र आफ्ना कामसमेत आफैँ गर्न नसक्ने हुन्छन् ।”

यो रोगलाई धर्मसँग जोडेर हेरिएका कारण बिरामी समयमा उपचारका लागि अस्पताल नपुग्ने गरेको पोखरेलले बताए । पहिलेपहिले यो रोगलाई कुष्ठी, कोर, महारोग वा सुनबैरी भन्ने गरिएको थियो ।

अझैसम्म ग्रामीण क्षेत्रमा यसलाई पूर्वजन्मको पाप, देवता लागेको वा नाग लागेको भन्ने विश्वास कायम रहेको अस्पतालले जनाएको छ । कतिपय व्यक्तिमा भने यो रोग सरुवा रोग भन्ने नबुझेर वंशाणुगत रोग भन्ने भ्रम रहेको उनले बताए । उनले भने, “अरु सरुवा रोगजस्तै कुष्ठरोगका कीटाणु शरीरमा प्रवेश गरेपछि मात्रै रोग लाग्छ भन्ने सबैलाई बुझाउन खाँचो छ ।”

सरकारले एक दशक पहिले कुष्ठरोग निवारणको घोषणा गरे पनि वर्षेनी नयाँ बिरामी फेला परिरहेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  २ : ३३ बजे

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर

कञ्चनपुरकाे एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको

नेपाली मिडियाको अवस्था : बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले पेशा छोडे

काठमाडौं-  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस