देश मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ: दीपकराज गिरी | Khabarhub Khabarhub

देश मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ: दीपकराज गिरी


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । उनले फिल्म रिलिजका बेला सामाजिक सञ्जालबाटै फिल्मको प्रचार गर्न भ्याएका हुन्छन् भने देशको राजनीतिक अवस्थाबारेमा पनि उनले व्यङ्ग्य गरेका हुन्छन् ।

यसैबीच कलाकार गिरीले देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्ने धारणा राखेका छन् । पछिल्लो केही दिन सीके राउतले राजनीतिक माहोल तताइरहेका बेला गिरीले यस्तो लेखेका हुन् ।

यद्यपि उनले आफ्नो भनाइमा व्यक्ति विशेषभन्दा पनि प्रवृत्तिलाई जोड दिएका छन् ।

‘देशले अन्याय गरेको छ भने बोलिहाल्नुपर्छ, देश मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ ।’, दीपकराज गिरीले फेसबूकमा लेखेका छन् ।

फिल्मको कुरा गर्ने हो भने दीपकराज गिरीले रोहित अधिकारीसँग मिलेर नयाँ फिल्ममा काम गर्दैछन् । जुन फिल्ममा दीपेन्द्र लामाको निर्देशन रहनेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १२ : ११ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक