नगरपालिका खुलाउन मेयर नै धर्नामा ! | Khabarhub Khabarhub

नगरपालिका खुलाउन मेयर नै धर्नामा !


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्थानीयतहको निर्वाचनसँगै गाउँगाउँमा विकास निर्माणका काम द्रुतगतिमा अघि बढिरहेका धेरैतिरका समाचार सार्वजनिक भइरहेका बेला सर्लाहीमा भने फरक घटना घटेको छ ।

सर्लाहीको दक्षिण पश्चिम भारतीय सीमा क्षेत्रमा रहेको बलरा नगरपालिकामा उमेयरसहित केही वडाअध्यक्षले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । अनि मेयरले तालाबन्दी खुलाउने बाटोका रुपमा धर्नालाई लिएको नागरिक दैनिकमा खबर छ ।

हिजो (आइतबार) दिउँसो २ बजेदेखि आफ्ना केही समर्थकसहित मेयर अभयकुमार सिंह धर्नामा बसेका छन् । उनले उपमेयर र केही वडाअध्यक्षले आफूलाई विफल बनाउन कार्यालयमा तालाबन्दी गरेको र त्यो खुलाउन धर्नामा बसेको बताएका छन् । कार्यालयमा भएको तालबन्दीले नगरपालिकाका कार र विकासका गतिविधि ठप्प भएकाले तालाबन्दी खुलाउन धर्ना बस्नुपरेको मेयर सिंहले बताएका छन् ।

सीके राउतसँग सरकारले गरेको सहमतिप्रति सत्तारुढ दलकै आपत्ति रहेको उनलाई राष्ट्रियसभामा लैजाने तयारी गरिएको, जनकपुरमा राउतको सुरक्षाका लागि बेग्लै सुरक्षादस्ता सार्वजनिक भएको खबर छापिएका छन् ।

त्यस्तै सरकारी जलविद्युत आयोजना, जनताको लगानी फाइदा कि हानी शीर्षकको समाचारमा जलविद्युत आयोजना सञ्चालनका लागि जनताले सेयर लगानी गर्नु हानी कि फाइदा भन्ने विषयमा बहस शुरु भएको छ । विज्ञहरुका अनुसार अहिलेकै अवस्थामा सरकारले लगानी गर्ने विद्युत आयोजनाहरुको सेयर खरिद गर्दा सर्वसाधारणलाई फाइदा नहुने बताएका छन् ।

त्यस्तै ७८ लाख रुपैयाँ खुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले सुविधाबापत लिएको कूटनीतिक राहदानी रातो पासपोर्ट बुझाएका छैनन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ७ : ३८ बजे

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर

महानगरले सजावटका लागि राखिएका बत्तीको अध्ययन गर्ने

काठमाडौं– रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा

चिकित्सक भन्छन्, ‘औषधि खान जाने अमृत नभए विष समान’  

काठमाडौं– काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले