हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च दिइने | Khabarhub Khabarhub

हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च दिइने


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको महाकाली नगरपालिकाले जङ्गली हात्तीको आक्रमणबाट आज मृत्यु भएका दुई जनाको परिवारलाई क्रिया खर्चबापत रु ५० हजारका दरले रकम उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको बैठकले हात्तीको आक्रमणबाट ज्यान गुमाका परिवारलाई रु ५० हजारका दरले रकम उपलब्ध गराउने निर्णय गरेको नगर उपप्रमुख चिनी गिरीले बताए । बैठकले हात्तीपीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि सङ्घ र केन्द्र सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

महाकाली नगरपालिका–२ चाँदनीका मायापुरी सामुदायिक वनमा घाँसदाउरा गर्न गएका ५० वर्षीया भुलिदेवी बोहरा र ३८ वर्षीय वसन्ती भट्टको हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।

हात्तीले आक्रमण गर्दा सो ठाउँका ललिता बोहरा, सुनिता बिष्ट, उमा साउद र सरिता ओझा घाइते भएका थिए । घाइतेहरुको निकटवर्ती भारतीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ०० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय