वडा अध्यक्ष महिला कर्मचारीसँग बन्द कोठामा भेटिएपछि... | Khabarhub Khabarhub

वडा अध्यक्ष महिला कर्मचारीसँग बन्द कोठामा भेटिएपछि…


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्साको छिपहरमाई गाउँपालिकाका वडा अध्यक्षलाई स्थानीयले निर्घात कुटपिट गरेका छन् ।

गाउँपालिकाको वडा नं.३ जयमंगलापुरका वडाध्यक्ष विनोद साह कानुलाई स्थानीयले कुटपीट गरेका हुन् । बन्द कोठामा कर्मचारीसँग मस्ती गरिरहेको आरोपमा स्थानीयले उलाई निर्घात कुटपीट गरेका हुन् ।

वडा कार्यालयमा सेवाग्राही पुग्दा वडाध्यक्ष कानु र वडा कार्यालयकी सहयोगी महिला एउटा बन्द कोठामा थिए । वडा कार्यालय पुगेका सेवाग्राहीले कार्यालयको कोठाको ढोका खोल्दा वडाध्यक्ष कानु आक्रोशित हुँदै स्थानीयलाई गालीगलौज गर्न थाले पछि विवाद भएको थियो ।

कोठा खोलेको निहुँमा वडाध्यक्ष स्थानीय माथि गाली गलौज गर्दै खनिए पछि विवादले उग्ररुप लिएको थियो । यसै विषयलाई लिएर कानुको आचरण ठिक नभएको आरोप लगाउँदै कार्यालयमा जम्मा भएका स्थानीयले कुटपीट गरेका हुन् ।

घटनास्थलमा पुगेको प्रहरीमाथि पनि स्थानीय जाइलागेका थिए । प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटना बारे अनुसन्धान गर्न स्थानिय वृजेश मुखिया विन र अनिश कुमार साहलाई वुडगाई प्रहरी चौकीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : २३ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा