न्यूजील्यान्डमा थप ज्वालामुखी विस्फोटको खतरा, खोजीकार्य प्रभावित | Khabarhub Khabarhub

न्यूजील्यान्डमा थप ज्वालामुखी विस्फोटको खतरा, खोजीकार्य प्रभावित


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– न्यूजील्यान्डको ह्वाईट आईल्यान्डको ज्वालामुखी क्षेत्रमा थप ज्वालामुखी विस्फोटको खतरा देखिएपछि खोजकार्य स्थगित गरिएको छ ।

ह्वकारी भनेर पनि चिनिने सो ज्वालामुखी सोमवार विस्फोट भएको थियो । त्यतिखेर दर्जनौँ पर्यटक सो टापुमा थिए । तीमध्ये केहीको उद्धार गरियो भने केही मृत फेला परे ।

हालसम्म छ व्यक्तिको ज्यान गइसकेको पुष्टि भएको छ । अन्य आठ जना अझै हराइरहेका छन्। उनीहरूको मृत्यु भइसकेको ठानिएको छ । उद्धार गरिएकामध्ये २५ जना गम्भीर घाइते भएका छन् ।

अधिकारीहरूले बुधवार टापुमा सम्पर्कविहीन भएका मानिसहरुखो खोजी गरी यदि मृत्यु भइसकेको भए तिनको शव सङ्कलन गरी बाहिर लैजाने आशा राखेका थिए ।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले भनिन्, “मैले खोजकार्यमा संलग्न व्यक्तिहरूसँग कुरा गरेकी छु। उनीहरू खोजी गरिसक्न निकै आतुर छन् ।”

तर सो टापुमा देखिएको पछिल्लो भौगर्भिक सक्रियताका कारण उद्धारकार्य स्थगित गर्नुको विकल्प नभएको प्रहरीले बताएको छ ।

“बिहान चार बजेदेखि त्यहाँ ज्वालामुखीका कारण कम्पन निकै बढेको छ,” बुधवार एक विज्ञप्तिमार्फत् भौगर्भिक निकाय जियोनेटले जनाएको छ ।

“अब के होला भन्ने एकदम अनिश्चयपूर्ण छ। अबको २४ घण्टामा अर्को ज्वालामुखी विस्फोट हुने सम्भावना पनि छ,” उसले भनेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ११ : २८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र