बैंकिङ प्रणाली ह्याक गरी 'ठूलो' रकम चोरी गर्न खोज्ने तीन जना पक्राउ | Khabarhub Khabarhub

बैंकिङ प्रणाली ह्याक गरी ‘ठूलो’ रकम चोरी गर्न खोज्ने तीन जना पक्राउ


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले अनलाईन ठगी अनुसन्धान गर्ने क्रममा उनीहरु बैंक ह्याकिङमा संलग्न भएको देखिएको जनाए ।

थापाका अनुसार पक्राउ पर्ने तीनै जना नेपाली हुन् । तर उनीहरुको सम्पर्क बैंक प्रणाली ह्याकिङ गर्ने विदेशी समूहसँग देखिएको छ ।

महाशाखाले पक्राउ परेकाहरुबारे जानकारी दिन आज १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ ।

केही समयअघि राजधानीको दरबारमार्ग लगायतका स्थानमा एटीएम ह्याक गरी करोडौं रकम लुटिएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ५६ बजे

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित