६ जनाले डेब्यु गरेको खेलमा नेपाली महिला भलिबल टोली विजयी | Khabarhub Khabarhub

६ जनाले डेब्यु गरेको खेलमा नेपाली महिला भलिबल टोली विजयी


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीले एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमा अफगानस्तानमाथि शानदार जित हात पारेको छ ।

बंगलादेशमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा अफगानस्तानसँग खेलेको नेपाली महिला भलिबल टोलीले अफगानस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

अरुणा शाहीको नेतृत्वमा रहेको नेपाली टोलीले अफगानस्तानमाथि दबदबा राख्दै २५–४, २५–९ र अन्तिम सेटमा अफगानस्तानलाई २५–६ को सोझो सेटमा पराजित गरेको हो ।

नेपाली महिला टोलीका ६ जना खेलाडीले अफगानस्तानविरुद्ध राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरे । जसमा लिब्रो सलिना श्रेष्ठसँगै निरुता ठगुन्ना, जानकी भण्डारी, सुनिता खड्का, पुनम चन्द र सोफिया पुनले डेब्यु गरे ।

अब नेपालले दोस्रो खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ भने मंगलबार आयोजक बंगलादेश र बुधबार माल्दिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : ५० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको