‘बागी ३’ मा ४ सय कारका साथ ४५ गुण्डासँग लड्नेछन् टाइगर श्राफ | Khabarhub Khabarhub

‘बागी ३’ मा ४ सय कारका साथ ४५ गुण्डासँग लड्नेछन् टाइगर श्राफ


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बागी, बागी २वार जस्ता फिल्मपछि टाइगर श्राफको इमेज एक्सन हिरोको बनेको छ । दर्शकले उनको फिल्ममा एक्सन दृश्यको प्रतीक्षा गर्न थालेका छन् ।

टाइगरको फिल्ममा एक्सनको स्तर झन् बलियो बन्दै गएको छ । एक्सन निर्देशकको दिमाग टाइगरलाई कसरी अझै फरक खालको भूमिकामा देखाउन सकिन्छ भन्ने हुन्छ । किनकि, टाइगरले जस्तोसुकै स्टन्ट पनि दिन तयार हुन्छन् ।

हालै ‘वार’ को सफलताले उत्साहित टाइगर श्राफ ‘बागी ३’ को शूटिङमा व्यस्त छन् । जसमा श्रद्धा कपूर लिड रोलमा छन् ।

भारतीय मिडियाका अनुसार टाइगरले उक्त फिल्ममा एक यस्तो दृश्य दिँदैछन्, जसलाई देखेर दर्शक चकित पर्नेछन् । राम लक्ष्मण र अहमद नामक एक्सन निर्देशकहरुले उक्त एक्सन सटलाई कोरियोग्राफी गरिरहेका छन् । भनिएको छ, ती दृश्यहरुलाई ४ सय कारका साथ टाइगरलाई ४५ गुण्डासँग लड्दै गरेको देखिनेछ ।

फिल्मका ती दृश्यमा गुण्डासँगै कार पनि पिच्काइदिएको हेर्न सकिनेछ । यी दृश्यलाई फिल्म युनिटले प्रचारको माध्यम बनाउने सोच पनि बनाएको छ । फिल्मप्रति दर्शकको तीव्र प्रतीक्षा छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : ५२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई