विश्व बैंकको २ अर्ब ७१ करोड अनुदान स्वीकार | Khabarhub Khabarhub

विश्व बैंकको २ अर्ब ७१ करोड अनुदान स्वीकार


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकारले विश्व बैंकले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि दिने रु दुई अर्ब ७१ करोड १३ लाख अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न विहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त जानकारी दिएका हुन् ।

विद्यालय तहमा सुशासन, व्यवस्थापन र गुणस्तरका लागि गत पाँच वर्षदेखि उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । बैठकले विशेष आर्थिक प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी तोकेको छ भने चालू आर्थिक वर्षका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सात आयोजनाका लागि ६० राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

नेपाली सेनाका सहायक रथी अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासहित पाँच जनालाई सहायक रथी दर्जामा पदोन्नति गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

यसैगरी नख्खुखोला–भैँसेपाटी–बुङमति सडक स्तरोन्नतिका लागि राष्ट्रिय वन प्रयोग गर्न दिने तथा नेपाल–भारत विद्युत व्यापार सम्झौताअन्तर्गतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : २० बजे

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री दीर्घ

सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत

मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको

मधेशमा ९ महिनामै आगलागीका १२ सय घटना, ५६१ घर जले, २० जनाको मृत्यु

जनकपुरधाम- मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८०/८१ मा १२ सय