छुट्टा–छुट्टै ठाउँमा भएका दुर्घटनामा परेर ६ जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टा–छुट्टै ठाउँमा भएका दुर्घटनामा परेर ६ जनाको मृत्यु


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोजपुर, रौतहट, सप्तरी, बारा र नवलपरासी (पूर्व)का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका–५ होम्ताङस्थित सडकमा को २ ह ७६८६ नम्बरको टेम्पु दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

यात्रु सवार टेम्पु सडकदेखि करिब ६० मिटर तल खस्दा टेम्पुमा सवार हतुवागढि गाउँपालिका–४ खैराङ बस्ने मिलन राईकी ८ वर्षीया गुराँस राईको मृत्यु भएको हो ।

उनको प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक समेत अन्य ४ जनालाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ मा ग १ ख ६१०७ नम्बरको बस र भारतीय नम्बर प्लेट बीआर ०५ एबी ८०५५ को कार ठोक्किँदा भारतीय नागरिकको मृत्यु भएको छ ।

दुर्घटनामा परेर भारतीय नम्बर प्लेटको कारमा सवार भारत पूर्वी चम्पारण रक्सौल बस्ने २५ वर्षीय सागर कुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको चपुर अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको खड्क नगरपालिका–८ बिसनपुर चोकमा बा ६८ प ६८८७ नम्बर र ज ६ प ६८५३ नम्बरको मोटरसाइकल ठोक्किँदा बा ६८ प ६८८७ नम्बरमा सवार सुरुङगा नगरपालिका–१ पिपरा बस्ने २७ वर्षीय अरबिन्द चौधरी र ज ६ प ६८५३ नम्बरको मोटरसाइकलमा सवार खड्क नगरपालिका–६ बिरपुर बस्ने २८ वर्षीय अनबारुल अनसारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य २ जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ ।

बाराको बारागढी गाउँपालिका–५ ना ३९ प २४४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार नाम नखुलेका १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको न्यूरो अस्पताल वीरगंज अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका–१६ मा ना ७ ख ५८१५ नम्बरको बस र लु २ च ६०७० नम्बरको बोलेरो एकआपसमा ठोक्किँदा बोलेरो गाडीका चालकको मध्यबिन्दु अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अर्का व्यक्तिको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १ : ४८ बजे

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा