कतार एयरवेज ‘बेष्ट एयरलाइन्स्’ अवार्डबाट सम्मानित | Khabarhub Khabarhub

कतार एयरवेज ‘बेष्ट एयरलाइन्स्’ अवार्डबाट सम्मानित


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतार एयरवेज सन् २०१९ उत्कृष्ट एयरलाइन्स् (बेष्ट एयरलाइन्स)को अवार्डबाट सम्मानित भएको छ ।

कतारको ध्वजावाहक एयरलाइन्सले विजनेश ट्राभलर अवाड २०१९ मा सो अवार्ड हात पारेको हो ।

एयरवेजले बेष्ट लङ हल एयरलाइन्स्, बेष्ट विजनेश क्लास र बेष्ट इष्र्टन एयरलाइन्स्को अवार्ड पनि हात पार्न सफल भएको छ ।

यो अवार्ड कतार एयरवेजको प्रतिनिधित्व गर्दै बीबीसीका पत्रकार जोन पाइनर, एयरवेजको यूरोपियन सिनियर भाइस प्रेसिडेण्ट साइल्भेन बोस र यूके र आयरल्याडका कन्ट्री मेनेजर गेरी कर्सले ग्रहण गरेका थिए ।

कतार एयरवेज गुप्रका कार्यकारी प्रमुख अक्बार अल बेकरले कतार एयरवेज उत्कृष्ट एयरलाइन्स्को अवार्डबाट सम्मानित भएकोमा सबैलाई धन्यवाद् प्रदान गरे ।

यो अवार्डले कतार एयरवेजले निरन्तर प्रदान गर्ने विश्व स्तरीय सेवाको सम्मान भएको बताए । सो अवार्डको लागि विजनेश ट्राभलरका पाठकलाई भोट प्रदान गर्न आग्रह गरिएको थियो ।

भोटलाई नीजि निरीक्षण संस्थाले आधिकारिकता जाँच गरेको उनले बताए । कतार एयरवेज स्काईट्राक्स् एयरलाइन्स अफ द एयरबाट पाँच चोटी सम्मानित भएको एउटा मात्र एयरलाइन्स हो ।

त्यसैगरी कतार एयरवेजले भर्खरै स्काईट्राक्सले प्रदान गर्ने वर्ल्ड बेष्ट एयरलाइन्स् २०१९ बाट सम्मानित भएको थियो ।

यसैगरी, कतार एयरवेजको उत्कृष्ट सेवाको लागि वर्ल्ड बेष्ट विजनेश क्लास, बेष्ट एयरलाइन्स् इन द मिडल इष्ट र बेष्ट विजनेश क्लास सिटको लागि पनि सो संस्थाले सम्मानित गरेको छ ।

कतार इयरवेजको २५० ओटा जहाजले हमाद इन्टरनेशनल एयरपोर्टबाट संसारका १६० ठाउँमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । यसैगरी कतार एयरवेज एयरलाइन्स्हरुको सञ्जाल संस्था वन वर्ल्डको २०१३ देखि सदस्य रहिआएको छ।

जसले बेष्ट इयरलाइन्स् एलाइन्स् अवार्ड पनि प्राप्त गरेको थियो । कतार एयरवेजले भर्खरै टर्कीको इजमिर, माल्टा, मोरोक्को, पोर्चुगलको लिजबन, फिलिपिन्स्को डाभाओ र सोमालियाको मोगाडिसीको आफ्नो सेवा विस्तार गरेको छ ।

यसैगरी एयरवेजले निकट भविष्यमा नै मलेसियाको ल्याङकावी, बोट्सवानाको ग्यावोरोन, एन्गोलाको लुवान्डा र जापानको ओसाकामा पनि केही महिना भित्रमा नै सेवा विस्तार गर्ने तयारी गरेको छ ।

यसैगरी, कतार एयरवेजले विभिन्न अन्र्तराष्ट्रिय स्तरको खेलकुदको मुख्य प्रायोजन गरिरहेको छ । यसै क्रममा २०२२ को फिफा वर्ल्डकपको पनि मुख्य प्रायोजक रहेको छ ।

कतार एयरवेजले संसारका १६० ओटा भन्दा बढी व्यापारिक तथा पर्यटकीय स्थानहरुको आफ्ना आधुनिक २५० एयरक्राप्टबाट सेवा दिन थालेको २० वर्ष भन्दा बढी भईसकेको छ ।

कतार एयरवेजले बी ७८७, बी ७७७, ए ३५०, ए ३८० ए ३१९, ए ३२०, ए ३३० एयरलाइन्स्बाट ससांरका एक हजार एयरपोर्टबाट सिधा उडान प्रदान गर्दै आएको छ ।

एयरवेजले दैनिक १४ हजार २ सय ५० उडान भर्ने गरेको छ । एयरलाइन्स्का अनुसार कतार एयरवेजले आफ्ना ग्राहकको मनोरञ्जनका लागि ४ हजारभन्दा बढी विकल्प प्रदान गर्ने गरेको छ । यसमा नयाँ चर्चित चलचित्र, गीत, टिभी बक्स् सेट, गेम लगायतका छन् ।

कतार एयरवेजको कार्गो अन्र्तगत २ ओटा बोइङ ७४७–८, १७ ओटा बोइङ ७७७ र पाँच ओटा एयरबस ए३३३ कार्गो विमान छन् ।

कार्गोले विश्वका ६० ओटा कार्गोको केन्द्रमा सेवा प्रदान गर्दै आएको छ भने १६० मुख्य व्यापारिक तथा पर्यटकीय क्षेत्रमा कार्गोका सामानहरु पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १२ : ०४ बजे

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु