चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा सवारी साधन नचल्ने | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा सवारी साधन नचल्ने


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी शनिबारदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर सुरक्षा निगरानी बढाइएको छ ।

सी भ्रमणका बेला हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो । उनको भ्रमणलाई लिएर नेपाली सेना समेत परिचालन गरिएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहने राष्ट्रपति सीलाई उच्च सुरक्षासहित सोल्टी होटलमा राखिने छ ।

सी नेपाल उत्रनासाथ साल्टी होटेल पुगेर सिधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितलनिवास पुग्ने कार्यक्रम छ । यो समयमा करिव ३ घण्टा सवारी आवागमन ठप्प हुने स्रोतले जनाएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउँदैछन् । चिनियाँ राष्ट्रपतिको भ्रमण तय भएपछि पराष्ट्रमन्त्रालय तीव्र तयारीमा जुटेको छ ।

बुधबारमात्रै परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको थियो । बुधबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीको भ्रमण तालिकाबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रिफिङ गरेका थिए ।

दुई दिने नेपाल भ्रमणका क्रममा सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : ४६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर