पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री ओली


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल तथा परामर्शलाई तीव्रता दिएका छन् ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा नेपाले उठाउने एजेन्डाका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई आज विहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा ९ बजेपछि हुने छलफल सीको भ्रमण तयारी र एजेण्डाबारे केन्द्रित हुने बालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति तहमा पछिल्लो पटक सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको भ्रमण गरेका थिए ।

२३ वर्षपछि हुन लागेको चीनको राष्ट्रपतिको नेपाल भ्रमणलाई नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत चासोका साथ हेरिरहेको छ । सी को भ्रमणलाई लिएर सरकारले भव्य स्वागतको तयारी गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : २३ बजे

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण