संगठन सुधारका लागि अझ कठोर बन्ने प्रधानसेनापतिको चेतावनी | Khabarhub Khabarhub

संगठन सुधारका लागि अझ कठोर बन्ने प्रधानसेनापतिको चेतावनी


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्र सुधारका लागि आफू अझ कठोर रुपमा लाग्ने बताएका छन् । सेनामा देखिएको क्यान्सर निको पार्ने बताउँदै उनले सकल दर्जालाई पहिल्यै सचेत गराएका छन् ।

नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुगेको अवसरमा जङ्गी अड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै सेनापति थापाले आफ्नो एक वर्षे अनुभव सुनाए । जर्जर महलको तीन वर्षे हाकिम भएर विदा हुनुभन्दा सुरुमै आवश्यक मर्मत सम्भार गर्नुपर्छ भनेर आफूले सुधार अभियान थालेको उनले बताए ।

सुधार अभियान सुरु गर्दा एक वर्षको अवधि धान्न चुनौतीपूर्ण होला भन्ने आफ्नो विश्लेषण रहेपनि संगठनमा देखिएको उत्साह र सकारात्मक प्रभावले थप एक पाइला अगाडि बढ्न हौसिएको बताए ।

शान्ति सेनाको कोटाबारे आफूले चालेको कदम चुनौतीपूर्ण तर सेनामा घट्दो आकर्षणलाई रोक्न एक मात्र विकल्प भएको उनले बताए । यसले सेवारत जर्साबहरुलाई बाधा पुगेको हुनसक्ने भए पनि सबैले सहयोग गरेको थापाले बताए ।

संगठनको समस्याका रुपमा भर्ना प्रक्रियामा भनसुन, घरकाज, अपारदर्शी खर्च, कमसल भौतिक संरचनाका साथै सेनाको चरित्रहरण गर्ने विषयलाई पहिल्याएको उनले बताए ।

सेना भित्र रहेका विकृतिका विरुद्ध आफू सँधै उभिने उल्लेख गर्दै उनले घाउका रुपमा केही अवशेष र क्यान्सर बाँकी रहे त्यसले नेपाली सेनालाई सदा दुःख दिने बताए । आफूले हिरो बन्न वा सस्तो लोकप्रियताका लागि प्रणाली र पद्धतीको सुधार प्रयास नथालेको उनले बताए ।

यसका लागि आफू अझ कठोर हुने उनले बताए । सेनापति थापाले भने, ‘आवश्यक परे घाउको शल्यक्रिया गरी फ्याक्ने उपचारका लागि आगामी वर्ष म केही कठोर हुनसक्ने सम्भावनाबारे तपाईंहरुलाई सजग गराउन चाहन्छु ।’

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ५ : २१ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज