प्रधानमन्त्रीलाई सांसदको प्रश्न– कुन मुख लिएर जनताको बीचमा जाने ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई सांसदको प्रश्न– कुन मुख लिएर जनताको बीचमा जाने ?


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद रंगमति शाहीले सरकार आफ्ना कुनै पनि दायित्व निर्वाह गर्न प्रभावकारी रुपमा प्रस्तुत हुन नसकेको आरोप लगाएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद शाहीले शान्ति सुरक्षा, राजश्व असुली, जनताका न्यूनतम आधारभूत आवश्यकताको सर्वसुलभ आपुर्ति लगायत कुनै पनि क्षेत्रमा सरकारले प्रभावकारी रुपमा उपस्थिति जनाउन नसकेको टिप्पणी गरिन् ।

साइकलमा स्याउ बेच्नेलाई कर लगाउने सरकारले एनसेलसँग कर असुली गर्न नसकेको सांसद शाहीको भनाइ थियो ।

सांसद शाहीले जनताको बीचमा जाँदा सरकारले गरेका कामबारे प्रश्न सोध्ने गरेको भन्दै आफूसँग जनतालाई दिन कुनै जवाफ नभएको टिप्पणी गरिन् ।

‘जनताको बीचमा जाँदा कुन मुख लिएर जाने भनेर हामीलाई चिन्ताको विषय भएको छ । जनताको माझ के सन्देश लिएर जाउँ ?’ सांसद शाहीले भनिन्, ‘प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाज कार्यालयको बोर्ड थन्किएको छ । टिकट काट्नका लागि आव्हान गर्नुहुन्छ । जनता लाईनमा छन् । जनताले टिकट पाएका छैनन भनेर जाम कि ? मेलम्चीको पानी बगेर काठमाडौंका खाल्डा खुल्डीमा पानी भरिएको छ । ती खाल्डामा पानी जहाज चलेका छन् भनेर सन्देश लिएर जाउ कि ?’

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ३ : ३४ बजे

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ