एसियाली राष्ट्रहरुले विश्वकै अर्थतन्त्रलाई सदृढ बनाउने अर्थमन्त्रीको दावी | Khabarhub Khabarhub

एसियाली राष्ट्रहरुले विश्वकै अर्थतन्त्रलाई सदृढ बनाउने अर्थमन्त्रीको दावी


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले एसियाली राष्ट्रहरुले विश्वकै अर्थतन्त्रलाई सदृढ बनाउन महत्वपूर्ण योगदान दिन सक्ने दावी गरेका छन् ।

अर्थमन्त्री खतिवडाले पूँजी बजारको विस्तारको गतिलाई अझै बढाउँदै लगेर एसियाली राष्ट्रहरुले विश्वमै गरिबी निवारणको अभियानमा पनि अग्रणी भूमिका निर्वाह गर्न सक्ने बताए ।

मंगलबारबाट काठमाडौंमा शुरु भएको ‘एसिया प्यासिफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप’ को २३ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले नेपालको पूँजी बजारको दायरा बढ्दै गएको उल्लेख गर्दै यसको निर्वाध विकासका लागि सरकारले प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले सरकारले पूँजी बजारकै हितका लागि उत्पादनमूलक क्षेत्रमा बाह्य लगानी भित्र्याउन जोड दिनु परेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  २ : ५० बजे

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१