यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा | Khabarhub Khabarhub

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खुर्सानीको नाम सुन्ने वित्तिकै जो कोहीको दिमागमा पिरोको याद आउँछ । धेरै पिरो खानु स्वास्थ्यका लागि फाइदा हुँदैन । चिकित्सकहरु पनि चिल्लो, पिरो, अमिलो धेरै खान नहुने बताउँछन् ।

तर पनि खुर्सानीले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भन्ने विषयमा सवैलाई जानकारी नहुन्छ सक्छ ।  हरियो खुर्सानी अझ बढी फाइदा जनक हुन्छ । हरियो खुर्सानी धेरैले खानासँग रुचाउँछन् । हरियो खुर्सानीको स्वाद मात्रले पनि मानिसलाई भोक जगाउने गर्दछ ।

हरियो खुर्सानी स्वास्थ्यका लागि धेरै फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । दैनिक खानामा सीमित मात्रामा हरियो खुर्सानी खाने हो भने यो स्वास्थ्यलाई लाभ पुर्‍याउने गर्दछ । हरियो खुर्सानी खानुको फाइदा यस्ता छन्–

– दैनिक सीमित मात्रामा हरियो खुर्सानीको सेवन गर्नाले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउछ ।
– खुर्सानीको सेवन गर्ने ब्यक्तिमा नाकको रक्तसञ्चार, रुघा वा पिनासको समस्या कम हुन्छ ।
– हरियो खुर्सानीको सेवनले शरीरमा गर्मी बढाई चिसोबाट बचाउछ । साथै दुखाई पनि कम गर्छ ।
– हरियो खुर्सानीले शरीरमा कमी भएको भिटामिन ‘सी’को मात्रालाई बढाई शरीर स्फुर्त राख्दछ ।
– इन्जाइम बढाउन, मानिसको स्वभाव परिवर्तनमा नियन्त्रण पाउन समेत खुर्सानी उपयोगी छ ।
– ब्लड सुगर नियन्त्रण गरी शरीरमा सुगरको मात्रा सन्तुलन राख्न हरियो खुर्सानी लाभदायक छ ।
– शरीरमा आइरनको कमी हुनेले हरियो खुर्सानीको सेवन गरे यसले आइरनको परीपूर्ति गर्छ ।
– आँखा कमजोर भएकाहरुले खानामा हरियो खुर्सानीको सेवन गरे बिस्तारै आँखा तेजिलो हुन्छ ।
– छालाको संक्रमण र बाहिरी रोगको प्रभाव रोक्न समेत हरियो खुर्सानीको सेवन उपयोगी मानिन्छ ।
– चोट वा घाउ लाग्दा हुने रक्तश्राव रोक्न समेत हरियो खुर्सानीको सेवन लाभदायी हुन्छ ।
– हरियो खुर्सानीमा हुने बेटा क्यारोटिनले हृदयरोगबाट समेत बचाउँछ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : ४४ बजे

भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले जाजरकोट केन्द्रबिन्दु

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् ।

एलओडी फेरि विश्वका उत्कृष्ट ५० क्लबभित्र

काठमाडौं- ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये

संसदीय दलमा रविको ब्रिफिङ : मलाई घेरेर कांग्रेसले सत्ता गठबन्धन फुटाउन खोज्यो

काठमाडौं- सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय

खानीखोलामा श्रमाधान–कल सेन्टर सञ्चालन

काभ्रेपलाञ्चोक– जिल्लाको दुर्गम खानीखोला गाउँपालिकामा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित