सामुदायिक वनलाई सम्मान | Khabarhub Khabarhub

सामुदायिक वनलाई सम्मान


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- चौथो राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा झापामा उत्कृष्ट निजी तथा सामुदायिक वनलाई सम्मान गरिएको छ ।

मेचीनगरस्थित कालिका सामुदायिक वनमा आयोजित कार्यक्रममा जिल्लामै निजी वनतर्फ प्रथम हुने लक्ष्मी योञ्जन लामा, द्वितीय डिल्लीराम शिवाकाटी र तृतीय हुने कर्णखर चौलागाइंलाई क्रमशः रु २५ हजार, रु १५ हजार र रु १० हजार नगदले सम्मान गरिएको थियो ।

यसैगरी, सामुदायिकतर्फ प्रथम हुने आदर्श नमूना सामुदायिक वन, द्वितीय हुने दुर्गाभिट्टा सामुदायिक वन र तृतीय हुने शनि सामुदायिक वनलाई क्रमशः रु छ हजार, पाँच हजार र तीन हजारका दरले सम्मान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का सांसद गोपालचन्द्र बुढाथोकीले सम्मान गरेका थिए । थियो ।

सामुदायिक वन महासङ्घ र डिभिजन वन कार्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा वृक्षरोपणसमेत गरिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ५५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर