कविता: आज हामी | Khabarhub Khabarhub

कविता: आज हामी


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

  • जगन्नाथ काफ्ले

निरक्षरहरुले अक्षर बनाए अनि त संसार बिज्ञ छ ||१||
तर हामी,
लाइब्रेरीहरुमा ठेली का ठेली पुस्तक हुँदा पनि
करोडौं गुरुहरुले लाखौँ शिक्षालयहरुमा पढाई रहंदा पनि
पुर्व प्राथमिक तहबाट उत्तर विज्ञ प्रमाणपत्र जम्मा गरे पनि
अशिक्षित छौं !

शब्द नहुनेले भाषा बनाए र पो आज संसार प्राज्ञ छ ||२||
तर हामी,
संसारमा हजारौं हजार भाषा बोलिँदा पनि
प्राचीन कालबाट सभ्यताको पाठ घोकिरहंदा पनि
जीवनलाई कोण कोणबाट सिके पनि
असभ्य छौं !

नाङ्गा शरीरहरुले बस्त्र बनाए तब त संसार आज पहिरनी छ ||३||
तर हामी,
लाखौं लाख दर्जीले सिलाए पनि
करोडौं करोड पोशाक तयार भएपनि
चांग का चांग बस्त्रालंकारले सुसज्जित भए पनि
नाङ्गो छौं !

भोको पेटले खाना सिकाए र त आज संसार तृप्त छ ||४||
तर हामी,
सर्वत्र भोजनालय खुले पनि
घर मै चौरासी व्यंजन पाके पनि
ढ्याउ ढ्याउ गर्दै डकारे पनि
भोक्कै छौं !

एक ब्यक्तिको सोचले समाज बनायो र पो आज संसार सामाजिक छ ||५||
तर हामी,
एक बटनले संसार जोडिदा पनि
पृथ्वीमा नआंटने मान्छे मान्छे भए पनि
प्रेम नै प्रेमले भरिएको समाजमा पनि एक्लो छौं !
केवल एक्लो !!

– जगन्नाथ काफ्ले
(२०७६.०४.१९, हेल्सिन्की, फिनल्याण्ड)

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ३ : २७ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)