ट्वीटरको नयाँ इन्टरफेस मन परेन ? यसरी प्रयोग गर्नुहोस् पुरानो इन्टरफेस | Khabarhub Khabarhub

ट्वीटरको नयाँ इन्टरफेस मन परेन ? यसरी प्रयोग गर्नुहोस् पुरानो इन्टरफेस


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माइक्रोब्लगिङ साइट ट्वीटर नयाँ इन्टरफेसका साथ प्रयोगकर्तामाझ आएको छ । पहिलेको भन्दा नौलो डिजाइन रहेका कारण यसलाई लिएर प्रयोगकर्ताहरुले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन् । यसबारे सामाजिक सञ्जालमा टिप्पणी पनि भइरहेका छन् । केहीले नयाँ इन्टरफेस मन पराएका छन् भने केहीलाई पुरानै ठिक थियो भन्ने लागिरहेको छ ।

तपाईंलाई पनि ट्वीटरको नयाँ इन्टरफेस प्रयोग गर्न असहज भइरहेको वा पुरानो इन्टरफेस नै ठिक थियो भन्ने लागिरहेको हुनसक्छ । यसका लागि प्रयोगकर्ताले पुरानै इन्टरफेसमा ट्वीटर प्रयोग गर्नसक्ने गरी पनि ट्वीटरले व्यवस्था गरेको छ । आखिर कसरी गर्ने त नयाँलाई पुरानोमा परिवर्तन ?

– सबैभन्दा शुरुमा ट्वीटरमा लग इन गर्नुहोस्

– त्यसपछि टाइमलाइनभन्दा बायाँ साइडमा ‘मोर’ लेखेको अप्सनमा क्लिक गर्नुहोस्

– त्यहाँ धेरै अप्सन देखिनेछन्

– त्यसपछि त्यहाँ ‘अबाउट ट्वीटर’ भन्ने अप्सनमा क्लिक गर्नुहोस्

– त्यस अप्सनमा क्लिक गरेपछि स्क्रिनको दायाँ साइडमा धेरैवटा अप्सनहरु देखिन्छन्

– त्यसमध्ये ‘डाइरेक्ट्री’ भन्ने अप्सनमा क्लिक गर्नुहोस्

अब तपाईंले पुरानो इन्टरफेसको ट्वीटर देख्न सक्नुहुनेछ । त्यसबाहेक ट्वीटरले तेश्रो पक्षका अन्य एक्सटेन्सन वा एप्लिकेशनमार्फत् पनि पुरानै शैलीको ट्वीटर प्रयोग गर्न सकिने जनाएको छ ।

यसका लागि तपाईंले सोही अनुसार तेश्रो पक्षका एक्सटेन्सन वा एप्लिकेशन इन्स्टल गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  २ : २६ बजे

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ