कश्मीर मुद्दामा पाकिस्तानलाई चीनको साथ | Khabarhub Khabarhub

कश्मीर मुद्दामा पाकिस्तानलाई चीनको साथ


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारत प्रशासित क्षेत्र कश्मीरका विषयमा भारत सरकारले लिएको निर्णयको चर्चा अहिले विश्वभर छ । यही विषयमालाई लिएर देशका धारणा एक अर्कामा बाझिएका छन् ।

कश्मीरको विषयलाई लिएर पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने प्रयास पनि गरिरहेको छ । यसैक्रममा छिमेकी चीनले कश्मीर घटनाको विषयमा पाकिस्तानलाई साथ दिने भएको छ । पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरैशीले कश्मीर विषयमा चीनको साथ पाकिस्तानलाई रहने बताएका छन् ।

चीन पुगेका कुरैशीले चीनका विदेशमन्त्री वांग यीसँग भेटवार्ता गर्दै कश्मीर विषयमा छलफल भएको बताएका छन् । भेटका क्रममा चीनले कश्मीरका विषयमा भारतले लिएको निर्णयबारे आफ्नो धारणा सार्वजनिक गरेको भन्दै कुरैशीले भारतीय व्यवहारले धेरै मानिस खतरामा परेको टिप्पणी चीनले गरेको उल्लेख गरेका छन् ।

चीन भ्रमणमा भएको भेटवार्ता तथा छलफलका विषयलाई लगातार सामाजिक सञ्जाल ट्वीटबाट सार्वजनिक गर्दै उनले पाकिस्तान र चीनबीचको भाइचाराको सम्बन्ध अझै मजबुद बन्दै गएको उल्लेख गरेका छन् ।

हेर्नुहोस् पाकिस्तानी विदेशमन्त्री कुरैशीले गरेको ट्वीट

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ६ : ५५ बजे

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल